काठमाण्डौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच बुधबार एकता चलिरहेकै बेला एकाएक रेशम चौधरी पक्राउ परे। नाउपाका संरक्षक समेत रहेका उनी पक्राउ परेपछि पार्टी एकता रोकियो। दुवै दलका नेताले एकता बिथोलिएको भन्दै त्यो दिन एकता रोके। तर, रेशम त्यही दिन छुटे।
सर्वोच्चका एक अधिकृतले अवैधरूपमा पक्राउ पुर्जी जारी गरेको कारण रेशम पक्राउ पक्राउ परेको खुल्यो। पक्राउ पुर्जी ‘फेक’ भन्दै रेशमलाई त्यसै दिन छोडियो भने ती अधिकृतलाई पक्राउ गरियो। तर, त्यो दिन रोकिएको एकता फेरि गरिएको छैन। नेताहरूका अनुसार त्यसदिन रेशम पक्राउलाई बाहना बनाए पनि दुई दलबीच एकता प्रक्रिया तत्काललाई सरेको छ। दुई दलले बाध्यताका बीच एकता पक्रिया चल्दैथियो।
एकीकृत पार्टीमा ७ सय जनाको केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट ५०–५० प्रतिशत केन्द्रीय सदस्य चयन गर्ने सहमति भएको थियो। सचिवालय संरक्षक रेशम चौधरी तथा दुवै पार्टीबाट १२-१२ जना गरी २५ सदस्यीय बनाउने तयारी छ । त्यस्तै, संरक्षक चौधरीसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी कार्यसम्पादन समिति बनाउने सहमति भएको थियो। तर, अन्तिम समयमा आएर सहमति भए जस्तो नहुने भएपछि चौधरीपक्ष असन्तुष्ट बनेको थियो। तर एकता मिति तोकेको कारण औपचारिकता दिने तयारीमा दुवै दल थिए। तर रेशम पक्राउ परे र एकता रोकियो।
नाउपा एक नेताका अनुुसार एकतापछि सीके हाबी हुने डर रेशमलाई थियो। पछिल्लो ताका नाउपा अध्यक्ष रन्जीता श्रेष्ठसँग पनि रेशमको सुमधुर सम्बन्ध थिएन। यद्यपि रेशम–रन्जीता श्रीमान् श्रीमती हुन्। यसअघि नै रन्जीता एकताको पक्षमा थिइनन्। किनकि, एकतापछि उनको अध्यक्ष पद गुम्दै थियो। पछिल्लो समय भने बाध्यताबश एकताका पक्षमा उनी खुलेकी थिइन्। तर, रेशम पक्राउले अल्झिएको एकताले खुसी नै मिलेको नेताहरूको भनाइ छ।
दुवै पार्टीका बैठकले नाउपाका संरक्षक रेशम चौधरी एकतापछि पनि संरक्षक रहने जनतम पार्टीका अध्यक्ष सीके राउत एकतापछि पनि अध्यक्ष रहने र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ एकतापछिको पार्टीको सहअध्यक्ष रहने, चुनाव चिह्न ढकिया राख्ने सहमति भएको थियो। नाउपाका नेता दामोदर पण्डित भने एकता भाडिए पनि तत्काल हुने बताउँछन्।
