Comments Add Comment

उच्चको फैसलाले रविलाई झड्का, बुढानिलकण्ठबाट पुर्‍याईए भद्रकाली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः पक्राउ परेका छन् । प्रहरीले उनलाई शुक्रबार बेलुकी पक्राउ गरेको हो । 
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित हेपाली हाइटबाट लामिछानेलाई पक्राउ गरेको हो ।

शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेपछि सो आदेश कार्यान्वयनका लागि प्रहरीले पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गरेको हो  ।

उच्चको आदेशसँगै यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझेको भन्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्चले जिल्लाको आदेश बदर गरेर उनलाई थुनामै राख्ने आदेश गरेको हो । शुक्रबार प्रहरी परिसर काठमाण्डौ राखेर आइतबार उनलाई अदालतमा उपस्थित गराइने बताइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ