Comments Add Comment

स्कटल्यान्ड एको टोलीसँग नेपाली क्रिकेट टिमको लज्जास्पद हार

काठमाडौं। नेपाल स्कटल्यान्ड ए सँग एक सय दुई रनले पराजित भएको छ। स्कटल्यान्डमा भएको खेलमा स्कटल्यान्ड एसँग नेपालले लज्जास्पद हार ब्यहोरेको हो।

खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४० ओभरमा नौ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो। स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्रिडले ५८ बलमा ७२ रनको पारी खेलेका थिए। 

साथै ज्यामी डुकले पनि ४८ रनको योगदान गरे। ओवेनले २८ रन बनाएर भने लियम आयलरले पनि २५ रन जोडे। नेपालका लागि सोमपाल कामीले चार विकेट लिँदा रिजन ढकालले दुई तथा गुल्सन झा र ललित राजवंशीले १–१ विकेट झारे। 

जवाफमा नेपाली ब्याटर मैदानमा टिक्न सकेनन्। २९ ओभर चार बलमा नेपालले सबै विकेट गुमाएर एक सय १८ रन मात्रै बनाउन सक्यो। कुशल भुर्तेल ८ रनमा आउट भए।

अनिल शाह शून्य र भीम सार्की २ रनमा नै पेभिलिएन फर्किए। कप्तान रोहित पौडेलले १७ रन जोड्न सके भने आरिफ शेखले सर्वाधिक ४४ रन बनाएका थिए। बाँकी खेलाडी मैदानमा टिक्न सकेनन्। 

गुल्सन झा १०, सोमपाल २, नन्दन यादव ६ रनमा नै बाहिरिए। स्कटल्यान्ड ए का जोन्सले सुरूआती तीन विकेट लिएपछि नेपाल धरापमा परेको थियो। 

त्यसैगरी डेभिडसनले दुई विकेट लिए भने डिकिन्सनको नाममा दुई विकेट रहृयो।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ