Comments Add Comment

प्रगतिशील लेखक संघ जाजरकोटको सम्मेलन सम्पन्न, अध्यक्षमा देवप्रकाश

काठमाडौं । प्रगतिशील लेखक सङ्घ नेपाल जाजरकोटको  सम्मेलन चैत्र २०गते सम्पन्न भएको छ ।   देवप्रकाश सिंहको अध्यक्षतामा भएको कार्यक्रमको कर्णाली प्रदेश सचिव हरिलाल महताराले जुम प्रविधिमार्फत शुभकामना मन्तव्य राखेका थिए । विशेष अतिथि डाक्टर सुरेश आर सी लगायतले सम्मेलन सफलताको शुभकामना दिएको सम्मेलनले पुन:  देवप्रकाश सिंहको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

भेरी नगरपालिका-४, गैरीखालीमा सम्पन्न सम्मेलनको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष मिलन सिंह ठकुरी, सचिव दिपेन्द्र कुमार शाही, सह–सचिव झलक साधक चयन भएका छन् ।  

त्यसै गरी कार्यसमिति सदस्यमा विष्णु शाही नषिव, ममता विश्वकर्मा, मिना विश्वकर्मा, कोपिला विश्वकर्मा, रवीन्द्र सिंह  र भिमलाल जैसी चयन भएका छन् । 

कार्यसमितिको कोषाध्यक्ष पछि पूर्ति गरिने जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ