Comments Add Comment

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सानिमा रिलायन्सका चूडामणि चापागाई

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज ९नेप्से०को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा चूडामणि चापागाईँ नियुक्त भएका छन्। चापागाइँ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन् ।

यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गर्ने निर्णय गरिएको थियो । तर उक्त निर्णय मुख्यसचिवबाट प्रमाणित हुन सकेपछि चूडामणि चापागाँईलाई सीईओमा नियुक्त गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईँलाई नेपाल स्टक एक्सचेन्सको सीईओमा नियुक्त गरेको हो। यसअघि उनी सानिमा बैंक, पाथीभरा विकास बैंक, युनियन लाइफ र सनराईज बैंकमा आबद्ध थिए । हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर कार्यरत थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ