Comments Add Comment

कहाँ हराए प्रहरी?

काठमाण्डौं। नेपाल प्रहरीले सम्पर्कविहीन आफ्ना २१ कर्मचारीलाई हाजिर हुन आउन सूचना जारी गरेको छ। 

प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गरी आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोजनाएको छ । 

यो सूचना प्रकाशित भएको मितिले ९बाटोको म्याद बाहेक० सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित कार्यालयमा हाजिर हुन भनिएको छ। 

प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड ९च० बमोजिम सेवाबाट हटाउने कारबाही भई जाने चेतावनी दिइएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ