Comments Add Comment

विद्यालय शिक्षा विधेयकमा गम्भीर भएर लाग्न आवश्यक - छविलाल विश्वकर्मा

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमिति संयोजक छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयक-२०८० मा गम्भीरताका साथ कार्यसम्पादनमा लाग्नुपर्ने बताएका छन्। सिंहदरबारमा सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै संयोजक विश्वकर्माले सो कुरा बताएका हुन्। बैठकमा नेकपा एमालेका सचिव समेत रहेका विश्वकर्माले भने, ‘ विद्यालय शिक्षा विधेयकमा गम्भीरताका साथ कार्यसम्पादनमा लाग्नुपर्ने आवश्यकता छ, यो विषय त्यति चानचुने विषय होइन।’ समितिको बैठकमा उपसमितिले विधेयकमाथि दफावार छलफल सकिएको जानकारी दिएको छ। विधेयकमाथिको छलफलको निष्कर्षसहितको प्रतिवेदन लेखनका लागि उपसमितिले थप १० दिन समय पाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ