Comments Add Comment

कार्तिक १७ गते रुपन्देही– ३ मा उपनिर्वाचन गर्ने आयोगको निर्णय

काठमाण्डौं। प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सोमबार निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो । 

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ। बोहोराको गएको चैत्र १९ गते  काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ