Comments Add Comment

गत वर्ष नै बाढीले थलिएकोबारे मौसम विभाग भन्छ : यसपटक झन् धेर पानी पर्छ

काठमाण्डौं।  जल तथा मौसम विज्ञान विभागले गत वर्षजस्तै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ।विभागले बुधबार ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने जनाएको हो ।

वरिष्ठ मौसमविद् विभूति पोखरेलले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थान विशेष अनुसार फरक–फरक रहेको बताइन् । उनका अनुसार स्थान अनुसार सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ र ३५ देखि ४५ प्रतिशतसम्म बढी रहेको बताइन् ।

प्रिमनसुन सिजनमै सरदरभन्दा बढी वर्षा भएकाले माटोको चिस्यान बढेकाले मनसुनको सुरूवातमा हुने वर्षाले पनि क्षति पुर्‍याउन सक्ने उनको भनाइ छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ