Comments Add Comment

लाओसविरुद्ध पहिलो हाफमा नेपालको २–० को अग्रता

काठमाण्डौं। लाओसविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको छ । 

आइतबार उज्वेकिस्तानको तास्केन्तमा जारी खेलमा नेपालबाट अनिता बस्नेत र कप्तान सावित्रा भण्डारीले गोल गरे ।

१२औँ मिनेटमा अनिताले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् । यस्तै, पहिलो हाफको अन्त्यतिर  कप्तान सावित्राले नेपालको अग्रता दोब्बर बनाइन्। अनिताको क्रसलाई सावित्राले हेडमार्फत जाली चुमाइन् ।

आजको खेलमा नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले कप्तानी जिम्मेवारी सावित्रालाई सुम्पिएका छन् । योसँगै सावित्रा नेपाली महिला टिमको इतिहासमा कप्तानी सम्हाल्ने ११औँ खेलाडी बनेकी छन् ।

लाओसविरुद्ध खेल्ने नेपालको सुरुआती–११ मा यसअघि नियमित कप्तान रहेकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले स्थान बनाउन सकिनन्। उनको स्थानमा अञ्जना पहिलो रोजाइमा उत्रिएकी छन् । 

छनोटमा नेपाली टिम समूह ‘एफ’ मा छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । नेपालले छनोटको पहिलो खेलमा जुन २९ मा लाओससँग खेल्नेछ ।

जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यस समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ