काठमाण्डौं। नेपाल प्रिमियर लिग (एनपिएल) को टोली चितवन राइनोजले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।
चितवनले आज एक विज्ञप्ती जारी गर्दै रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक गरेको हो। स्थिर र प्रतिभावान टोली संरचना र थप सुदृढीकरण योजनासहित चितवन राइनोज एनपीएलको दोस्रो सिजनमा रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शनका लागि तयार अवस्थामा रहेको विज्ञप्तीमा जनाएको छ ।
चितवनले आफ्ना मार्की खेलाडी तथा कप्तान समेत रहेका कुशल मल्ललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । चितवनले रिटेन गरेको अन्य खेलाडीमा रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी रहेका छन्।
रिटेन खेलाडीहरू
कुशल मल्ल
रिजन ढकाल
कमलसिंह ऐरी
दीपक बोहरा
अमरसिंह रौटेला
गौतम केसी
चितवनले अनुभवी खेलाडी शरद भेषवाकर लगायत ६ खेलाडीलाई रिलिज गरेको छ ।
रिलिज खेलाडीहरू
शरद भेषावकर
दिपेश श्रेष्ठ
बिपिन रावल
सन्तोष कार्की
रञ्जित कुमार
सलाउद्दिन खान
