Comments Add Comment

प्रदर्शनमा सहभागी नभएका युवा परे प्रहरी नियन्त्रणमा

काठमाण्डौं। काठमाण्डौंको भोटाहिटीबाट एक जनालाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो पौने ३ बजेतिर काठमाडौं महानगरपालिका २७ भोटाहिटीबाट एक जना पुरूषलाई खुकुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

उदयपुर घर भई ललितपुरको कुपण्डोल बस्ने ४५ वर्षीय भक्तबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो।

उनलाई प्रहरी वृत्त जनसेवामा राखिएको छ। प्रहरीका अनुसार उनी प्रदर्शनमा सहभागी हुन आएका थिएनन्। काठमाडौंमा एमालेले गणतन्त्र दिवसको उपलक्ष्यमा प्रदर्शन गरेको छ। यस्तै राप्रपाले पनि प्रदर्शन गरेको थियो । 

खुकुरीसहित नियन्त्रणमा लिएका युवा प्रदर्शनमा सहभागी हुन न आएका भए खुकुरीसहित के उद्देश्यले हिडिरहेका थिए ? प्रहरीले यश बिषयमा भने केही बताएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ