Comments Add Comment

अखिल सचिवमा झापाकी प्रियंकाको उम्मेदवारी

काठमाण्डौं। नेकपा एमाले निकट अनेरास्ववियुको २४ औँ महाधिवेशनमा उम्मेदवारी दिने क्रम केहीबेर अघि सकिएको छ। नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा पदाधिकारीमा उम्मेदवारी दिने क्रम लोभ लाग्दो देखिएको छ। एक अध्यक्षका लागि २ जनाको उम्मेदवारी पर्दा २ उपाध्यक्षमा ९ जनाको उम्मेदवारी परेको छ।

एक महासचिवमा ३ जनाले दाबी गर्दा ४ सचिवमा ३६ जनाको उम्मेदवारी परेको छ। महाधिवेशनमा उम्मेदवारीको प्रकृति हेर्दा सचिवमा कसिलो प्रतिस्पर्धा हुने देखिएको छ। जहाँ अब्बल र लगनशिल विद्यार्थीबीच तिब्र प्रतिस्पर्धा हुने सम्भावना छ। यसैमध्ये सचिव पदकी उम्मेदवार हुन्, झापाकी प्रियंका भण्डारी। यसअघिकी स्थायी कमिटी सदस्य प्रियंका अब सचिव बन्ने दौडमा छिन्। तीब्र प्रतिस्पर्धामा आफू चुनिनेमा आशा रहेको उनले बताएकी छन्। 

'म विद्यार्थी आन्दोलनमा लामो समयदेखि सक्रिय एक कर्मठ कार्यकर्ता हुँ। आजको चुनौतीपूर्ण समयमा संगठनलाई अझ सशक्त, सुसंगठित र वैचारिक रूपमा सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो। म विद्यार्थी हित, संगठन सुदृढीकरण र सामाजिक रूपान्तरणका सवालमा निरन्तर प्रतिवद्ध छुस उनले भनेकी छन्,' विद्यार्थी अधिकारको आवाज उठाउन, संगठनलाई उचाइमा पुयाउन र परिवर्तनको यात्रामा एक कदम अघि बढाउन, तपाईंको साथ र विश्वास आवश्यक छ।स प्रियंका राजनीतिक परिवारमा हुर्किएकी नेता हुन्। परिवारमा उनको अघिल्लो पुस्ता समेत एमाले राजनीतिमा सक्रिय छ।' 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ