Comments Add Comment

जनमतका कोषाध्यक्ष यादव रिहा

काठमाण्डौं। जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव रिहा भएका छन् । आइतबार जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश गरेसँगै उनी रिहा भएका हुन् ।  

यादवलाई ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा डा।शरदसिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । 

उक्त जाहेरीका आधारमा आधारमा वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ