Comments Add Comment

एकाएक स्थगित भयो माओवादीको मध्य पहाडीको जागरण अभियान

काठमाण्डौं।  नेकपा माओवादी केन्द्रको मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान अनिश्चितकालका लागि स्थगित भएको छ ।

जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणमा सञ्चालन हुने भनिएको जागरण अभियान प्रतिकूल मौसमका कारण हाललाई स्थगित गरिएको हो ।

मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेपछ अभियान स्थगित गरिएको माओवादी नेता गणेशमान पुनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ