काठमाण्डौं। बारामा टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
बाराको कलैया उपमहानगरपालिका १ बालमन्दिर नजिकै ना १ क ८०५६ नम्बरको टिप्परले सोही वडाको मोतीबाघमा डेरा गरी बस्दै आएका हरेराम साहकी ६ वर्षीया छोरी सिवानीलाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार भारतको मोतिहारी आठ मुहान घर भएका हरेरामकी छोरी सिवानीलाई बाटो काट्ने बेलामा उक्त टिपरले आइतबा दिउँसो ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागि बाराको आशिर्वाद अस्पताल कलैया लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बालिकालाई बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ।
टिप्पर चालक बारा कलैया उपमहानगर १८ का ३७ वर्षीय सत्यनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।
