Comments Add Comment

विद्या भण्डारीसँग चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता 

काठमाण्डौंं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ । गत जेठ १० गतेदेखि चीन भ्रमणमा रहेकी भण्डारीले शनिबार गान्सुमा चिनियाँ उपराष्ट्रपतिसँग भेट गरेकी हुन्। 

त्यस्तै गान्सु प्रान्तका पार्टीका उपप्रमुख रेन जेन्हेसँग पनि पूर्वउपराष्ट्रपति भण्डारीले भेट गरेकी थिइन्। त्यसअघि उनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसँग भेटवार्ता गरेकी थिइन् ।  

पूर्वराष्ट्रपति भण्डारी उद्योगमन्त्री दामोदर भण्डारीसहित एमाले नेताहरू सहभागी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएकी हुन्। सक्रिय राजनीतिमा फर्कने तयारी गरिरहेकी भण्डारीको यो चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ