Comments Add Comment

चार राउटे युवतीलाई ट्रकमा राखेर दुर्व्यवहार गर्ने युवा नियन्त्रणमा

सुर्खेत। राउटे समुदायका युवतीहरूलाई दुर्व्यवहार गरेको आरोपमा दैलेख प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको आठबिस नगरपालिकाका—३, का २८ वर्षीय टोपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक गणेश बरालले बताए ।

शाहीलाई कर्णाली राजमार्ग अन्तर्गतको टुनिबगर बजारबाट पक्राउ गरिएको उनको भनाइ छ । ‘हामीले सुर्खेत प्रहरीको अनुरोधमा पक्राउ गरेको हो,’ उनले भने, ‘हामीले सुर्खेत पठाइदिएका छौँ, बाटोमै छ ।’

घटना पनि सुर्खेतकै हो । चार जना राउटे युवतीलाई ट्रकमा राखेर दुर्व्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको थियो । 

लगत्तै प्रहरीले उनीहरूको खोजी कार्य थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ