काठमाडौं । नेपाल टेलिकम मंगलबार आफ्नो २१ औ स्थापना दिवस मनाएको छ । २१ औं वार्षिकोत्सवका अवसरमा कम्पनीले पछिल्लो आर्थिक वर्षको आयव्यय विवरण सार्वजनिक गर्दै टेलिकमले आर्थिक वर्ष २०८०र०८१ मा कुल ६ अर्ब २३ करोड मुनाफा गरेको जानकारी दिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा भने केही कमी रहेको टेलिकमले जनाएको छ ।
टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेको र त्यसमध्य जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार र पीएसटीएन सेवाका ग्राहक ८७ हजार, एचटीटीफ भ्वाइस सेवा लिने ३ लाख ८० हजार रहेको टेलिकमले जनाएको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको छ भने मंगलबारबाट नेपाल टेलिकमको इ–सिम अब एप र वेबसाइटबाटै पाइने छ । टेलिकमले वार्षिकोत्सवको अवसर पारेर यस्तो सेवा सुरु गरेको हो । अहिलेसम्म ग्राहकहरूले इ–सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो । माघ २२ बाट स्तो झन्झट हटेको छ ।
इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट हुने उपभोक्तालाई इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।
