Comments Add Comment

आरसीबी आइपीएलको फाइनलमा

काठमाण्डौं।रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)  इन्डियन प्रिमियर लिग (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ। गएराति भएको पहिलो क्वालिफायरमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै आरसीबीले फाइनलमा स्थान बनाएको हो।

आरसीबी यसअघि टिमले २०१६ मा उपाधि भिडन्तमा प्रतिस्पर्धा गरेको थियो। ​आइपीएलमा आरसीबीको यो चौंथो फाइनल यात्रा हो। यसअघि उसले २००९, २०११ र २०१६ मा फाइनल खेलेको थियो। उसले यसअघिका सबै तीन फाइनल गुमायो। 

पहिलो फाइनल डेकन चार्जससँग हार्दा २०११ मा चेन्नइ सुपर किंग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो।

 न्यु चन्डीगडमा आरसीबीले टस जितेर पञ्जाबलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो। जहाँ पञ्जाब १ सय १ रनमै समेटियो। उक्त लक्ष्य आरसीबीले १० ओभरमै २ विकेट गुमाएर भेटायो।

आरसीबीको जितमा फिल साल्टले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा मंयक अग्रवालले १९ रन बनाए। त्यस्तै कप्तान रजत पाटिदारले १५ रन र विराट कोहली १२ रन बनाएर आउट भए।

त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबका लागि मार्कुस स्टोइनिसले २६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक प्रभसिम्रन सिंहले १८ र अजमुतुल्लाह ओमरजाइले १८ रन बनाए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्। 

पञ्जाबलाई सस्तैमा समेट्ने क्रममा जोस ह्याजलवुड र सुयश शर्माले समान ३–३ विकेट लिएका थिए। त्यस्तै भुवनेश्वर कुमार र रोमारियो सेफर्डले समान १–१ विकेट लिए।

अब पञ्जाबले दोस्रो क्वालिफायरमा आज हुने गुजरात र मुम्बइबिचको विजेतासँग खेल्ने छ। यी दुईबीचको खेल आज राति पौने ८ बजे न्यू चण्डिगढ मै हुनेछ। दोस्रो क्वालिफायर आइबार अहमदाबादमा हुनेछ भने फाइनले खेल आगामी मंगलबार अहमदाबादमै हुनेछ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ