Comments Add Comment

थोरै सकारात्मक अंकमा बढ्यो नेप्से

काठमाण्डौं। साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले वृद्धि हुँदै रोकिएको छ। 

मंगलबार सेयर बजारमा २।५३ अंकले वृद्धि हुँदै २६७७।३० विन्दुमा पुगेर बन्द भएको छ।

सेयर बजार झिनो अंकले वृद्धि हुँदा कारोबार रकममा भारी गिरावट आएको छ। सोमबार साढे ७ अर्बको सेयर कारोबार हुँदा आज एक अर्ब कम हुँदै साढे ६ अर्बको कारोबार भएको हो।

आज कारोबार भएकामध्ये ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा कारोबारका आधारमा कर्पोरेट विकास बैंक लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड, ग्रीन विकास बैंक लिमिटेड, भूगोल इनर्जी विकास कम्पनी लिमिटेड, पुरे इनर्जी लिमिटेड र अप्पर हेवाखोला हाइड्रो पावर कम्पनी लिमिटेड रहेका छन्।

यस्तै, सबैभन्दा बढी सेयर मूल्य गिरावट हुनेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ।

आज ८५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १६१ कम्पनीको मूल्यमा गिरावट आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ