Comments Add Comment

राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट उठायो ३० अर्ब 

काठमाण्डौं।  नेपाल राष्ट्र बैँकले आइतबार बैँकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ उठाएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ ।

राष्ट्र बैँकले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैँक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्।  

राष्ट्र बैँकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी जेठ १ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हकमा चार (अंकसम्म) उल्लेख गर्नुपर्नेछ । 

बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैँकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ