Comments Add Comment

कविता: माटोको गीत

      जन्मियौँ, हुर्क्यौँ, खेलेर फुर्क्यौँ यही माटो माथि
      हर्षको साक्षी रोदनको सच्चा यही माटो साथी ।।
      लाग्दछ प्यारो नेपाली माटो पुर्खाको आर्जन
      संस्कृति अनि संस्कार राम्रो नेपाली यो पन ।।

      नाँच्दछ मयूर, त्यो काँडे भ्याकुर डाँफे र मुनाल 
     चम्किन्छ सदा विश्वको शान सर्वोच्च शिखर ।।
     इन्द्रेणीसँगै रङ्गियो पाखा गुराँस फुलेको
     माटोको रङ्ग बोकेर स्वर्ण छ बाला झुलेको ।।

     सारियो भन्छन् त्यो जङ्गेपिल्लर दुख्दैछ यो छाती
     अरुको भाग खोसेर कति खान्छौ र ए साथी ?
     भो गिद्दे नजर नपार अब यो हाम्रो माटोमा
     लैजानू बरु यो प्राण चुँडी माटोको साटोमा ।।

     हिमाल,पहाड,तराई हाम्रो हो साझा सम्पत्ति
      जुटेर गरौँ माटोको रक्षा पन्छाई चुनौती ।।
     शिरैमा बोकी पवित्र माटो बैतर्नी तरौँला
     म माटीकोरे माटोकै गीत गाएर मरौँला ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ