Comments Add Comment

दायित्व वाङमयद्वारा सम्मान तथा पुरस्कारका लागि प्रतिभा चयन

काठमाडौँ।  दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको कार्यसमितिको बैठकले २०८२ सालका पुरस्कार र सम्मानका निम्ति प्रतिभाहरूको चयन गरेको छ । प्रतिष्ठानको कार्यालय, चावहिलमा सम्पन्न बैठकले स्रस्टा चयन गरेको हो ।

प्रतिष्ठानले दायित्व वाङ्मय विशिष्ट सम्मान कवि रमेश खकुरेल (काठमाडौँ) र समालोचक प्रा.डा. गार्गी शर्मा (काठमाडौँ) लाई प्रदान गर्ने निर्णय गरेको छ । दायित्व वाङ्मय सम्मान साहित्यकारद्वय मधुसूदनप्रसाद घिमिरे (काठमाडौँ)  र जीवनपानी (स्याङ्जा) लाई समर्पण गर्ने निर्णय गरेको छ ।

यसैगरी दायित्व मुरलीदेवी-गुरुदत्त काफ्ले स्मृति पुरस्कार रु. बीस हजार नगदसहित हरि मञ्जुश्री (काभ्रेपलाञ्चोक, दायित्व सीता पन्त स्रष्टा पुरस्कार रु. पन्ध्र हजार नगद सहित रीता न्यौपाने पहारी (कास्की) र हरिकला-गुणाकर दायित्व रचना पुरस्कार रु. पन्ध्र हजार नगदसहित सरिता अर्याल (काठमाडौँ) लाई समर्पण गर्ने निर्णय गरेको छ ।

उपर्युक्त सम्मान तथा पुरस्कारहरू दायित्व वाङ्मय प्रतिष्ठानको २६औँ वार्षिकोत्सवका अवसरमा २०८२ ज्येष्ठ १० गते शनिबार काठमाडौँमा एक विशेष समारोहको आयोजना गरी समर्पण गरिने प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ