Comments Add Comment

कविता: तिमी नहुँदा पनि

 

तिमीसँगै हुँदा
प्रत्येक ढुकढकिले सङ्गीत भर्दछन्
मौनतामा गुञ्जिने संवादहरू
तिम्रा आँखाले बताउने कथाहरू
अनि मेरो हृदयले बुझ्ने लय
हामीलाई मात्र अनुभव हुने प्रेमील वतास
बतास सङ्गै घुल्ने हामी युगल पालुवा
एकअर्काको दृष्टिमा स्थिर पात्र हामी
र  प्रत्येक पाना सजिएको जीवन्त अध्याय

तिमीसँगै नहुँदा पनि
म तिमीलाई भेटिरहन्छु
यादका गल्लिहरूमा
कानमा खुस्खुसाएका शब्दहरूमा
तिमीले सजिएर आफैलाई हेरेकी ऐनाहरूमा
तिमीले अंगालेका स्पर्शहरूमा
तिमी फूलेकी मेरा यी आँखाहरूमा
तिमीले प्रत्येक पटक पल्टाएका मेरा जीन्दगीका पानाहरूमा 
र
तिम्रै सम्झनाले अनायासै निस्कने मुस्कानहरूमा,
म तिमीलाई भेटिरहन्छु 
प्रकाशका प्रत्येक किरणहरूमा,
भेटिरहन्छु अन्धकारमा छामछुम गर्दा भेटिने सहाराहरूमा

म चिनिरहन्छु तिमीलाई हरेक सृष्टिहरूमा,
जसरी नशामा नाम नलेखी नशा चिन्छ शरीर ।

म तिमीलाई त्यसरी नै चिनिरहन्छु 
तिमी नहुँदा पनि।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ