Comments Add Comment

आईपीएलमा ६ विकेटले राजस्थान विजयी

काठमाण्डौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ।

जितको लागि १८८ रनको चुनौती राजस्थानले १७।१ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्‍यो।

ओपनर यशस्वी जैसवाल १९ बलमा ५ चौका र २ छक्का सहित सम्मान ३६ रनमा आउट भए। 

सञ्जु सामसनले ४१ रन जोडे। वैभव सूर्यवंशीले ३३ बल खेल्दै ४ चौका सहित सर्वाधिक ५७ रनको योगदान दिए।

यसपछि धुर्व जुरेलले अविजित अविजित ३१ र सिम्रोन हेटमेर अविजित १२ रनमा रहँदै टोलीलाई ६ विकेटको जित दिलाए। 

बलिङमा चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए।

त्यसअघि अरुण जैटली स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोज्यो। चेन्नईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८७ रनको योगफल तयार पार्‍यो।

चेन्नईका डेभोन कोनवे १० रनमा आउट भए। 
२० बल खेल्दै ८ चौका र १ छक्का प्रहार गर्दै आयुष महात्रेले ४३ रनको पारी खेले। यसपछि डिवाल्ड ब्रेभिसले २५ बलमा ४२ रन जोडे। उनले २ चौका र ३ छक्का प्रहार गरे।

यस्तै शिवम दुबेले ३९ र महेन्द्र सिंह धोनीले १६ रन बनाए। बलिङमा आकाश मधवाल र युद्धवीर सिंहले समान ३ विकेट लिए।

लिग चरणबाट बाहिरिसकेका राजस्थानले यो जितमा ८ अंक बनाएको छ। चेन्नईसँग ६ अंक रहेको छ। चेन्नई लिगको पुछारमा र राजस्थान नवौं स्थानमा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ