Comments Add Comment

त्रिविको उपकुलपति छनोटका लागि शिक्षामन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन

काठमाण्डौं। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन्।

मंगलबार गठित समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य गीताकुमारी पौड्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा। दीपक काफ्ले रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

कुलपति ओलीले विश्वविद्यालयका उपकुलपति प्रा।डा। केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत गरी शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीलाई वैशाख २ गते उपकुलपतिको पनि जिम्मेवारी दिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ