Comments Add Comment

अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको सम्बन्धविच्छेद

काठमाण्डौं। अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको सम्बन्धविच्छेद भएको छ। गत भदौमा बिहे गरेका उनीहरूले बिहे गरेको आठ महिनामै डिभोर्स गरेका हुन्।

अरुणिमाले गत वैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत अदालतमा सम्बन्धविच्छेदको मुद्धा दायर गरेकी थिइन्। युवराजले गत आइतबार अर्थात वैशाख २८ गते सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेका हुन्। जुन कुरा स्वयम युवराजले टिकटक लाइभमा पृष्टि गरे।

हालै टिकटक लाइभमा युवराजले भने, ‘मैले बैशाख २८ गते दिनको ४;१० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ। जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ। मेरो छुट्टिनु थियो छुट्टियो, सक्कियो। बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ।’ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका युवराज नेपाली कांग्रेसका नेता हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ