काठमाण्डौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ 'क्यान' अन्तर्गतको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्।
उनले नेपाली टोली आइसिसी विश्वकप लिग-२ का लागि युके जानुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने बताएका हुन्। उनले यो कदम क्रिकेट र देशबाट अलग हुने कुरा नभएको पनि बताएका छन्।
उनले निरन्तर सहयोगका लागि क्यानलाई धन्यवाद दिएका छन्।
