Comments Add Comment

महेन्द्ररत्नमा शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो लोकार्पण

काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्ररत्न क्याम्पस ताहाचलकाे आयाेजनामा नववर्ष २०८२काे शुभकामना आदानप्रदान तथा शैक्षिक भित्तेपात्राे २०८२काे लोकार्पण बुधबार सम्पन्न भएकाे छ ।

त्रिभुवन विश्वविद्यालयकाे शिक्षाशास्त्र संकाय अध्यन गर्ने विद्यार्थीकाे आकर्षणकाे हबका महेन्द्ररत्न क्याम्पसमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथी लगायतका अतिथिले व्यानर खाेलेर कार्यक्रम शुभारम्भ गर्नुभएकाे थियाे । शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि दिवासत्रका सहायक क्याम्पस प्रमुख डा. वासुदेव गाैतमले विद्यार्थीको शैक्षिक क्यालेण्डर भनेकाे समय सारिणि भएको बताए ।

क्याम्पसमा कहिले बिदा, कहिले पढाइ हुँने लगायतका सूचना समेटिएकाेले क्यालेन्डरको छुट्टै महत्त्व रहेको स्पष्ट गर्नुभयो । अनुशासन सबैभन्दा ठूलाे सफलताकाे कडी भएकाले विद्यार्थी अध्ययनशील, जिज्ञासु र अनुशासित हुनुपर्नेमा जोड दिनुपर्ने बताउनु भयाे । त्यस्तै विशेष अतिथी विहानी सत्र र रात्रीकालीन सत्रका सहायक क्याम्पस प्रमुख द्वेय सिद्दिराज जाेशी र गाेविन्द देवकाेटाले समेत कार्यक्रममा शुभकामना दिनुभएकाे थियाे । त्यस्तै गरि विद्यार्थी कल्याण प्रमुख सुर्य सिग्देलले विद्यार्थी आफूलाई लाभ हुने सुचना हेर्न जोड दिनुभएको थियो ।

आफूलाई लाभ हुने सूचनाबाट वञ्चित विद्यार्थी धेरै कुराबाट ठगिने उहाँले प्रस्ट गर्नुभयाे । विद्यार्थी कल्याण प्रमुख सिग्देल विद्यार्थीकाे परिचय खुल्ने परिचयपत्र बाेकेर हिड्न भन्नुभयाे, 'नियमित क्याम्पसमा आउनुस् । क्याम्पसकाे गतिविधि जानकारी हुन्छ । सबैखाले सूचना विद्युतीय माध्यममा पनि प्रकाशन हुने भएकाले क्याम्पसकाे पेजलाई पछ्याउनु होस् ।' अनेरास्ववियु महेन्रद्ररत्न क्याम्पस ताहाचलका अनेरास्ववियुका पूर्व क्याम्पस कमिटि अध्यक्ष माेदनाथ रिमालले विद्यार्थीलाई अध्ययनमा निरन्तर लाग्न मात्र नभई रचनात्मक हुन समेत अाग्रह गर्नुभयाे । महेन्द्ररत्नका पूर्व स्ववियु उपसभापति अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार माझीले उपस्थित व्यक्तित्वलाई स्वागत गर्नुभएको थियो ।

रात्रिकालिन सहायक क्याम्पस प्रमुख गाेविन्द देवकाेटाले 'विद्यार्थी सङ्गठनका साथीहरू, विद्यार्थी साथीहरू, मैले तपाईंहरु धेरैलाई नचिनेकाे हुन सक्छु । किनभने हामी ताेकिएकाे समयमा मात्रै आउँछाैँ । यो क्यालेण्डर कागजको एउटा खाेस्टाे हाे भन्ने नठान्न र यसकाे उपहत्त्वलाई बुझ्न आग्रह गर्नुभयो ।

त्यस्तै विहानी सत्रका सहायक प्रमुख सिद्धिराज जाेशीले क्यालेन्डर नितान्त शैक्षिक क्यालेण्डर भएको बताउनुभयो। परीक्षा कहिले हुन्छ, पढाई कहिले हुन्छ ? आदि उल्लेख भएकाले महत्वपूर्ण रहेकाे बताउभयाे । 'विद्यार्थीले गर्वका साथ मेराे क्याम्पसले बनाएकाे शैक्षिक कार्यक्रम र क्यालेण्डर हाे भनेर जतन गरेर राख्नुपर्ने आवश्यकता छ' जोशीले भन्नुभयाे, 'हामीले स्ववियुसित के सहकार्य गर्नसक्याैं र प्रतिफल दियौं भन्ने पहिलाे कुरा रहन्छ ।' सिद्दिराज जाेशीले सबैकाे सहभागिताकाे लागि विद्यार्थीले समय समयमा आफूले चाहेकाे कक्षामा फारम भरेर लाभलिन सम्वन्धितलाई जोशीले आग्रह गर्नुभयाे ।

जोशीले अगाडि भन्नुभयो- माेबाईलमा सुचना आउँछ, वेबसाईटमा सूचना आउँछन् । ती सूचनालाई पहुँचमा राख्न प्रविधिमा पाेख्त समेत हुनुपर्ने आवश्यकता छ ।"

स्वतन्त्र विद्यार्थी युनियनका सभापति ईश्वर थापाले आफू विद्यार्थीकाे साथ, सहयोग एवम् मायाले दाेस्राे कार्यरकाल पनि सभापति भएकाले पहिलाे कार्यकालमा पूरा गर्न नसकेका काम याे कार्यकालमा पूरा गर्ने प्रतिवद्दता जनाउनुभयाे । आफूले विद्यार्थीका हरेक समस्यामा साथ दिने उहाँको प्रतिवद्धता थियो । कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन ताहाचलका सचिव साैगात न्याैपानेले सञ्चालन गर्नुभएकाे थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ