Comments Add Comment

आउँदो जेठ ६ मा प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने कार्यक्रम

काठमाण्डौं। जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे जनाए ।

‘यसअघि नै समूह विभाजन भइसकेको र समूह १० ले नियमावलीको नियम ५८ बमोजिम जेठ २ गते भित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनुहुन समेत जानकारी गराउन चाहन्छु ,’ सभामुख घिमिरेले भने । प्रतिनिधिधि सभा नियमावली २०७९ को ९ बमोजिम प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ