Comments Add Comment

उपसभामुखको बंगलादेश सरकारका प्रमुख सल्लाहकारसँग ढाकामा भेटवार्ता

काठमाण्डौं। उपसभामुख इन्दिरा रानामगर र बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसबीच सोमबार ढाकामा भेटवार्ता भएको छ।

सो क्रममा युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन्। उनले बंगलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताए।

‘बंगलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौं”, उनले भने।

नेपाल र बङ्गलादेशबीच जलविद्युतको क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उनको भनाइ थियो। गत अक्टोबरमा बङ्गलादेश–नेपाल–भारतमाझ नेपालबाट बङ्गलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो।

उनले बंगलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे। ‘हामीले रङ्गपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ’, उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ