काठमाण्डौ । जानकादेवी उपाध्यायको १०० वर्षको उमेरमा निधन भएको छ । दाङको घोराहीमा बुधबार उपाध्यायको निधन भएको हो ।
उनको अन्त्येष्टि दाङको घोराही कटुवाखोलाको शंखेपिपलघाटमा बिहिबार गरिएको छोरीतर्फका नाति प्रशान्त वलीले बताएका छन् ।
जानकादेवीका ७ भाइछोरा र एक छोरी छन् । जसमध्ये नारायण, दामोदर, गोपाल, हेमराज र मधुसुधन हुन् भने छोरी रमा उपाध्याय हुन् ।
जानुकादेवीका जेठा छोरा ७९ बर्षीय मोहन उपाध्याय हुन् । मोहन उपाध्यायलाई नेपाली राजनीतिमा मोहन वैद्य 'किरण'का नामले चिनिन्छ ।
साहित्य, सौन्दर्यशास्त्रका क्षेत्रमा उनै मोहन वैद्य 'किरण'लाई चैतन्यका नाममा चिनिन्छ । जनयुद्धका क्रममा नेकपा माओवादीका महासचिव वैद्य हाल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव छन् ।
