काठमाण्डौ । भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको महाधिवेशन सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशस्थित कैलालीको सुन्दर पर्यटकीय नगरी टीकापुरमा भएको दोश्रो राष्ट्रिय महाधिबेशनबाट इन्द्र तामाङ (काभ्रे)को अध्यक्षतामा सर्व सम्मत रुपमा ८५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेकोछ । कार्यसमितिको उपाध्यक्षमा लिला बिक (दाङ) र राजकुमारी देबी सोनार (धनुषा), महासचिव उमेश आचार्य (दोलखा), उप महासचिब लोकेन्द्र सिंह (एल.बि.) बझाङ, सचिव सुर्य कट्टेल (मोरङ), सचिव प्रेम बहादुर गुरुङ (कास्की), सचिव लक्ष्मी भट्ट (कञ्चनपुर) , सचिव नारायण शाह (रुकुम पश्चिम) चयन भएका छन्। सम्मेलनको नेकपा एमालेका महासचिव शंकरपोखरेलले उद्घाटन गरेका थिए । सम्मेलनमा नेकपा एमाले जनसंगठनका संयन्त्रका प्रमुख भानुभक्त ढकाल, उपप्रमुख विष्णु रिजाल लगायतका नेताले सम्बोधन गरेका थिए । पूर्व सांसद शान्ता चौधरीको अध्यक्षतामा महाधिवेशन सम्पन्न भएको थियो ।
