Comments Add Comment

कांग्रेस-एमालेद्वारा ७ बुँदेको मजाक, यसरी बन्छ मुलुक ? -स्वर्णिम वाग्ले

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् प्रतिनिधि सभाका सांसद स्वर्णिम वाग्लेले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति अब मजाक मात्र भएको बताएका छन् । संसदकाे बैठकमा बाेल्दै उनले उक्त सहमतिमा “भ्रष्टाचार गर्दैनौं, सुशासन कायम गर्छौं” जस्ता कुरा उल्लेख भएपनि व्यवहारमा सरकार ठीक उल्टो दिशामा गईरहेको बताए। वाग्लेले भने, “आजकल टेलिभिजनमा कमेडी कार्यक्रम चलेन भने कुनै मन्त्रीलाई एमाले-काँग्रेंसवीचको ७ बुँदे सहमति वाचन गर्न लगाइदिए पुग्छ।” उनले भने- 'यसरी पनि मुलुक बन्छ ? यसरी 'समृद्ध नेपाल, सुखी नेपाली' सम्भव छ ?' उनले सरकारको प्रतिबद्धता हाँस्यास्पद बन्दै गएको बताए। त्यसैगरी उनले दुई तिहाइको बलियो सरकारसँग संविधान संशोधनसम्मको कुनै प्रस्ताव नआएको भन्दै कांग्रेस-एमाले देश र जनताप्रति कत्ति गम्भीर नभएको भन्दै चर्को आलोचना गरे । सरकार आफैंभित्रै निराशा छाएको भन्दै उनले व्यंग्य गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ