काठमाण्डौँ। अदालतबाट दोषी ठहर भएपछि फरार रहेका व्यापारी अमित अग्रवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई मंगलबार काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुई वटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो। काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषि ठहर भएपछि फरार थिए।
उनलाई पक्राउ गरेलगत्तै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको एसपी बोहराले बताए।
