Comments Add Comment

सात जना डिआइजीको सरूवा, ६ प्रदेशमा नयाँ प्रहरी प्रमुख

काठमाण्डौ । नेपाल प्रहरीका सात जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आइतबार सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले सात जना डिआइजीको सरूवा गरेको हो । सात डिआइजी मध्ये ६ जना डिआइजी प्रदेश प्रहरी प्रमुख भएका छन्। राजन अधिकारीको एआइजीमा बढुवा भएपछि खाली भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा इश्वर कार्की कार्यालय प्रमुख भएका छन् । उमाप्रसाद चतुर्वेदीको मधेस प्रदेश प्रहरी कार्यालयमा सरूवा भएको छ। लालमणि आचार्यको एआइजीमा बढुवा भएसँगै खाली रहेको ठाउँमा चतुर्वेदीलाई पठाईएको हो। अरूण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय, दिनेशकुमार आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, राजेन्द्रप्रसाद भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखमा डम्बरबहादुर बिकको सरूवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ