Comments Add Comment

प्रिशा शाहको रहश्यमय निधनको छानबिनका लागि सभामुखको निर्देशन

काठमाडौँ । कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको निधनबारे सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाको सोमबार बिहान बसेको बैठकमा सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन्। सभाको आकस्मिक समयमा सांसदहरूले उठाएको सोही विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुखले सरकारलाई रुलिङ गरेका हुन्। ‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो। सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु।’ सभामुखले भनेका छन्,‘विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपिल गर्दछु।’ भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत वीरगञ्ज पर्सा घर भएकी प्रिसा शाह गत बिहीबार बेलुकी करिब ८ बजे होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ