Comments Add Comment

आरडीप्रभास-राज्यलक्ष्मी चटौत दम्पत्तिको लोकगीतसंग्रह विमोचित

काठमाण्डौ । आरडीप्रभास चटौत र राज्यलक्ष्मी चटौतद्वारा लिखित 'सुदूरपश्चिमका लोकगीतसंग्रह' को शनिबार काठमाण्डौमा लोकार्पण भएको छ । नेपाल वाङ्मय परिषद धनगढी कैलालीद्वारा काठमाण्डौमा आयोजित कृति विमोचन एवम् स्रस्टा सम्मान समारोहमा चटौतदम्पत्तिद्वारा लिखित कृति लोकार्पण गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार पूर्वमन्त्री शान्ता मानवी, विशेष अतिथी प्राडा महादेव अवस्थी, प्राडा कपिल लामिछाने, गोपाल अश्क, मनोहर लामिछाने, नवराज रिजाल, राजेन्द्र तारकिणी, डा पुष्कर भट्ट, समिक्षक सुभासचन्द्र भण्डारी एवम् लेखक दम्पत्ति द्वेयले कृति लोकार्पण गरेका हुन् । साझा प्रकाशनद्वारा प्रकाशित कृति 'सुदूरपश्चिमका लोकगीतसंग्रह' माथि कवि एवम् समिक्षक सुभाषचन्द्र भण्डारीले विस्तृत समीक्षा गरेका थिए । समिक्षक भण्डारीले चतौट दम्पत्तिको यो कृति सुदूरपश्चिमका ९ जिल्लाको नौगेडी भएको बताए । सुदूरप्श्चिमको कला, संस्कृति, समाजशास्त्र सर्लक्क कृतिमा आएको भन्दै उनले लेखक दम्पत्तिको लेखनको प्रशंसा गरे । समिक्षक भण्डारीले कृतिको समिक्षाको अतिरिक्त विचविचबाट गीत उद्धृत गर्दै स्वरवद्ध गरेका थिए । सञ्चालक भुवन बोहोरा 'निस्तेज', कार्यक्रमका सभाध्यक्ष समेत रहेका नेपाल वाङमय परिषदका अध्यक्ष डा पुष्कर भट्टले पटक-पटक समय सक्किएको सूचित गर्दा समेत गीत गाइरहदा चिट थमाएर भण्डारीलाई रोक्नु परेको थियो । २४० पेज रहेको यश कृतिको मूल्य रू ४ सय ६० रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ