Comments Add Comment

स्वास्थ्यमन्त्रीको आश्वासनले अस्पताल फर्किन चिकित्सक तयार, भयो यस्तो सहमति

काठमाण्डौं। विभिन्न माग राख्दै आन्दोलनरत चिकित्सकहरूसँग स्वास्थ्य मन्त्रीले सहमति गरेका छन्। नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकसँगको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माग पूरा गर्ने आश्वासनसहित ३ बुँदे सहमति भएको छ।

सहमतिपत्रमा स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरूका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन छोड्न सहमत भएका हुन्। मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए। चिकित्सकहरू निर्वाह भत्ता आठौँ तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरूको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ