Comments Add Comment

नीति तथा कार्यक्रमले मुलुकलाई स्पष्ट गन्तव्य दिन सकेन -वर्षामान पुन

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम परम्परागत र गन्तव्यहीन रहेको प्रतिक्रिया दिएका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया जनाउँदै नेता पुनले विगतमा नीति स्पष्ट गर्ने गरिए पनि यसपटक नीति तथा कार्यक्रम गन्तव्यविहीन, निरस र परम्परागत देखिएको दाबी गरे । ‘विगतमा नीति स्पष्ट गरिन्थ्यो । मूल कार्यक्रमहरू सरकारले संसदमा नै प्रस्तुत गर्ने गरिन्थ्यो । यसपटक त्यस्तो छैन,’ उनले भने । नेता पुनले विषयअनुसार स्पष्ट कार्यक्रम राखेपछि संसद्ले अनुमोदन गर्ने र त्यसमा बजेट ल्याउने अभ्यास नै बदल्न खोजिएको उनले बताए । ‘सरकार अलि गन्तव्यविहीन चलिरहेको छ, नीति पनि अस्पष्ट देखिन्छ,’ उनले भने, ‘एकातिर संसद्लाई छल्न खोजेको जस्तो देखिन्छ, आफूलाई मन लागेअनुसार बजेट बनाउन पनि यस्तो गरिएको हुनसक्छ,’ उनले भने । फरक पार्टीबाट (ट्युनिङ नमिल्ने) राष्ट्रपति भएकोले पनि सरकारको नेतृत्व गरिरहेको एमालेले यस्तो नीति तथा कार्यक्रम बनाएको हुनसक्ने आशंका नेता पुनले व्यक्त गरेका छन् । उनले भने, ‘बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउँछ भन्ने लागेको छ ।’ नेता पुनले नीति तथा कार्यक्रममा आर्थिक क्षेत्र सुधारको कुरा स्पष्ट नआएकोले सरकारले के गर्न लागेको स्पष्ट नभएको प्रतिक्रिया दिए । ‘भर्खरै शिक्षक आन्दोलनबाट फर्किएका छन्, शिक्षा क्षेत्रमा गर्नुपर्ने थुप्रै सुधारबारे केही आएन,’ उनले भने, ‘नीति तथा कार्यक्रमले विकास निर्माण र पूर्वाधारमा गन्तव्य दिन सकेन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ