Comments Add Comment

सरकार-शिक्षक सहमतिप्रति कर्मचारी परिषद असन्तुष्ट, वैशाख २१ देखि आन्दोलन

काठमाडौं । करिव एक महिना चलेको शिक्षक आन्दोलन टुँगिदानटुंगिदै शिक्षक महासँँघको सो आन्दोलनमा सहभागी विद्यालय कर्मचारी परिषदले आन्दोलनको घोषणा गरेको छ । शिक्षक महासंघ र सरकारसँगको वार्ता सफल भएको समाचार संचार भइरहदा विद्यालय कर्मचारी परिषद्ले नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । शिक्षक महासंघले कर्मचारीहरुका मुद्दा सम्बोधन नगरी आफ्ना माग मात्रै सुनिश्चित गरेको भन्दै परिषद्ले पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको हो । कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले आन्दोलन यही वैशाख २१ देखि सञ्चालन हुने जानकारी दिए । २१ गतेदेखि हुने कक्षा १२ को परीक्षा अवधिभर कालोपट्टी बाँधेर काम गर्ने र आफ्ना माग सम्वोधनका लागि दवाब दिने कार्यक्रम रहेको छ । जेठ १२ गतेबाट अनिश्चितकालीन काठमाडौमा प्रदशर्न गर्ने परिषदले बताएको छ ।

विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई नेपाल शिक्षक महाासंघले अलपत्र पारेको परिषद्को आरोप छ । सरकार र शिक्षक महासंघबीच बुधबार राति ९ बुँदे सहमति भएपछि शिक्षकहरु आन्दोलन स्थगित गरेर विद्यालय फर्किएका थिए । शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेदेखि विद्यालय कर्मचारी तथा शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा थिए । तर, सरकारसँग सहमति भएसँगै शिक्षकहरु विद्यालय फर्किएका छन् भने विद्यालय कर्मचारीहरुले आन्दोलन जारी राख्ने बताएका छन् । परिषदले अबको आन्दोलनको मुख्य माग शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गराउनका लागि हुने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ