Comments Add Comment

भन्सार विधेयक-०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाण्डौ। ‘भन्सार विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । मङ्गलबारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । मङ्गलबार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई संसदका बहुमत सांसदहरूले सहमति जनाएका हुन् । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार विन्दुहरूमा रहेको बेथिति हटाउनका लागि भन्सारसम्बन्धी कानुनलाई संशोधन एवम् एकीकरण गर्नका लागि विधेयक ल्याइएको बताउनुभयो । उहाँले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरू पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले विधेयकलाई समृद्ध बनाउनका लागि सुझाव दिने सांसदहरूलाई धन्यवाद समेत दिनुभयो उहाँले भन्नुभयो, ‘‘भन्सार विन्दुहरूमा बेथिति नहोस् । त्यहाँ हाम्रो राजश्वमा चुहावट नहोस् र अनियमितता नहोस् र व्यापारीहरू पीडित नबनुन् भन्ने कोणबाट सुझावहरू आएका छन् । भन्सारलाई उपकरण र स्रोत साधनको दृष्टिकोणले प्रभावकारी कोणबाट समेत प्रभावकारी बनाइयोस् भनेर पनि सुझाव दिनुभएको छ । यी सबै सुझावहरूका लागि म सबै माननीयज्युहरूलाई धन्यवाद भन्न चाहन्छु ।’’ विधेयकले कानुनको रूप लिएसँगै राजश्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको विश्वास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ