Comments Add Comment

सिलौटो रेस्टुरेन्टमा राजु सिंह, उत्तम केसी, सिसनदेखि आयुशासम्म

काठमाडौं । लागु औषध तथा लागुपदार्थ दुर्ब्यसनी सम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो `भुलको बाटो´ अनामनगरस्थित सिलौटो रेस्टुरेन्टमा सार्वजनिक भएको छ । कुबेर तामाङले निर्देशन गरेको म्युजिक भिडियो संगीतकार राजु सिंहले सार्वजनिक गरेका हुन् ।

कलाकार, गीतकार तथा चलचित्र बिकास बोर्डका पुर्व सदस्य उत्तम केसी, गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा,  कलाकार पवन केसी , चलचित्र निर्देशक रामशरण कोइरालाको आतिथ्यमा भिडियो सार्वजनिक भएको हो ।

राष्ट्रियगान गायनसँगै मेघ सुवेदीको  भिडियो सन्देशबाट कार्यक्रम सुरुवात भएको थियो । कार्यक्रममा बोल्दै निर्देशक कुबेर तामाङले अग्रज  र समकालीन कलाकार र प्राबिधिकसँग काम गर्दा सबैको साथ र सहयोग पाएको बताए । उनले म्युजिक भिडियोको प्रशंसा मात्र नगरी कमीकमजोरी पनि औल्याइदिन  दर्शक र अतिथिहरूसँग अनुरोध गरे ।

छोटो मन्तव्य राखेका कलाकार उत्तम केसीले भने - `कुबेर तामाङजीलाई मैले प्रारम्भमा फोटोग्राफरको रूपमा चिनेको थिएँ । उहाँ त राम्रो निर्देशक पनि हुनुहुँदोरहेछ । म्युजिक भिडियो सान्दर्भिक र सन्देशमुलक बनेको रहेछ, खुसी  लाग्यो।´ साथै केसीले कलाकार, सिनेम्याटोग्राफर अनि प्राविधिक टिमको पनि खुलेर प्रशंसा गरे । 

यस्तै गीतकार संघका अध्यक्ष तथा गीतकार बसन्त बित्यासी थापाले भुलेको बाटो गीतले सान्दर्भिक र समसामयिक बिषयलाई मार्मिक ढंगले उठाएको बताए ।

कार्यक्रमको अन्तिममा बोल्दै प्रमुख अतिथि संगीतकार राजु सिंहले अहिले नाच्ने गीतहरू मात्र आइरहेको सन्दर्भमा  कथासहित गीत बनाएकोमा निर्देशक तामाङको प्रशंसा गरे । उनले भने - `म त कुबेरजीको फ्यान नै भए । राम्रो गीत बनेको छ, सिंगो टिमलाई बधाई दिन चाहन्छु ।´ उनले पनि कलाकार उत्तम केसीले जस्तै  कलाकार र प्राबिधिक टिमको खुलेर प्रशंसा गरेका थिए । 

कार्यक्रमको अन्तिम सेसनमा सम्मान कार्यक्रम राखिएको थियोे  । सम्मान पाउनेमा राजु सिंह, उत्तम केसी, वसन्त बित्यासी थापा र म्युजिक भिडियोका सबै कलाकारहरू थिए ।

मन्जु खड्काको निर्माण रहेकोे भुलको बाटो गीतमा गीतकार स्याडाे रियल, गायक किरण भुजेल र गायिका श्रेया राई,   संगीतकार  डि आर यस क्षेत्री, मिक्सिङ तथा मास्टरिङमा किशोर थापा र   एरेन्जर सुनिल राई  रहेका  छन् । भिडियोको छाँयाकन रामशरण उप्रेती  र सम्पादन टेकेन्द्र शाहले गरेको हुन्। यस म्युजिक भिडियोमा कलाकारहरू  सन्जित भण्डारी , रश्मि भट्ट , दीपा शाही, मेघ सुवेदी, ऋचा थापा,  आयुशा कार्की लगायतले अभिनय गरेका  छन्  ।

म्युजिक भिडियो भुलको बाटो सार्वजनिकीकरण कार्यक्रमको  संचालन सिसन लिम्बूले गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ