Comments Add Comment

रास्वपा सभापति रवि लामिछानेलाई पुर्‍याईयो रुपन्देही

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री एवम्  गृहमन्त्री  रवि लामिछानेलाई भैरहवा पुर्‍याईएको छ। शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएका उनलाई यति एयरको विमानमार्फत भैरहवा पुर्याइएकाे हो।

गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै थुनामा राख्न आदेश गरेपछि प्रहरीले उनलाई शुक्रबार राति काठमाडौंमा पक्राउ गरेको थियो।

शनिबार, आइतबार दुबै दिन सार्वजनिक बिदा भएका कारण भोलि मात्र लामिछानेलाई अदालतमा उपस्थित गराईने नेपाल प्रहरीले बताएको छ ।

उनलाइ यसअघि सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गरेकोमा रविले धरौटी रकम परिवर्तन गरी साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गरी पाउ भनि निवेदन पेश गरेकोमा उच्चले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।

रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। आदेश चित्त नबुझेकोले पुनरावेदनका लागि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले पनि प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो।

उक्त निवेदनमाथि सुनुवाई गर्दै शुक्रवार उच्च अदालत बुटवलका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो।

कारागार चलान गर्नुअघि अदालतमा उपस्थित गराउनुपर्ने भएकोले सार्वजनिक विदा पश्चात लामिछानेलाई अदालतमा पेश गरेर कारागार पठाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रंजितसिंह राठौरले बताएका छन् ।

उनका अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा रहेकोले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ