काठमाडौं । बालगायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो सुरशाला युट्युब च्यानलमार्फत यहि चैत्र २० गते मंगलबार सार्वजनिक भएको हो ।
गायनमा रुची राख्ने राठीले आफ्ना हजुरबुबा, हजुरआमा, बुबा, आमाको प्रेम, त्यागप्रति यो गीतलाई समर्पण गरेका छन् ।
म्युजिक भिडियोमा बालगायक राठीकै बुबा-आमाको मुख्य अभिनय रहेको छ । यस भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन् भने निशल पौडेलले छायांकन गरेका छन् ।
बालगायक राठीले उक्त गीत हजुरबुबा शखरलाल राठीप्रति समर्पित गरेका छन् । भिडियो र गीतका शब्दहरूले अभिभावकहरूले आफ्ना सन्तानप्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावकको प्रेमप्रति देखाएको सम्मानलाई आत्मसात गरि आफ्नो अभिभावकको दायित्वप्रति सचेत हुनुपर्ने सन्देस समेत झल्काएको छ ।
