Comments Add Comment

‘संसद्मा गणतन्त्रको विरोध संविधानसम्मत हुँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्भित्र गणतान्त्रिक प्रणाली र संघीय लोकतन्त्रको विरोध गर्ने विषय स्वीकार्य नभएको बताएका छन् ।
राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले राप्रपा सासंदहरूले प्रतिनिधिसभामा राजतन्त्रको पक्षपोषण गरेकोमा असन्तुष्टि जनाएका हुन् । सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा पनि सार्वजनिक महत्वका विषयमा बोलेका थिए ।
चैत १५ को घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको भनेपछि राप्रपाका सांसदहरूले बिरोध जनाएका थिए । त्यसपछि राष्ट्रिय सभामा बोल्न पुगेका प्रधानमन्त्री ओलीले अहिलेको संसदमा गणतन्त्रबिरुद्ध बोल्दा संविधान विपरीत हुने बताएका थिए । ‘सांसद भएपछि, कहिले आफैं मन्त्री र उपप्रधानमन्त्री भएर संविधान मान्छु भनेर ईश्वरका नाममा, देश र जनताका नाममा शपथ लिएर गरेको प्रतीज्ञा, खाएको कसमको पालना गर्नुपर्दैन रु’– प्रधानमन्त्री ओलीको भनाइ थियो– ‘यो संविधानप्रति बफादार छु, यो संविधान पालना गर्छु भन्ने शपथको पालना गर्नुपर्दैन रु कि त्यो एउटा तमासा मात्रै हो रु कि त्यो छद्म अवसरको खोजी मात्रै हो रु’ संसद् संविधानको विरोध गर्ने थलो नभएको समेत ओलीले बताए।

संविधानसभा जसले राजतन्त्रलाई बिदा ग¥यो, त्यही संसदमा फेरि राजतन्त्र ब्युँताउने कुरा स्वीकार गर्न नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको विरोध गर्ने कुरा, संघीय लोकतन्त्रको बिरोध गर्ने कुरा संविधानसम्मत हुँदैन’– उनले भने– ‘असंवैधानिक क्रियाकलाप गर्ने थलो संसद् हुन सक्दैन, म स्पष्ट पार्न चाहन्छु ।’ प्रधानमन्त्री ओलीले संसद्ले नै गणतन्त्रको घोषणा र राजतन्त्रको बिदा गरेको भन्दै यही संसद्मा आएर राजतन्त्र ब्युँताउँछु भन्नु सही नभएको नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ