Comments Add Comment

नारायण शर्मा निवासमा 'स्मृतिमा आमा कलावती'को लोकार्पण

नारायण शर्मा निवासमा 'स्मृतिमा आमा कलावती' पुस्तकको लोकार्पण सम्पन्न भएको छ । कार्यक्रम शर्माको निजी निवास ललितपुर महानगर–१४ रानीबु स्थित एक समारोह बीच सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, विशिष्ठ अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री रेखा शर्मा एवम् अतिथिहरूमा प्रतिनिधि सभा सदस्य नारायणी शर्मा, प्रा. गोपिन्द्र पौडेल, सुशिल गौतम लगायतको उपस्थिति थियो । 

नारायण शर्माले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका महासविच देव गुरुङले कलावती शर्मा पौडेलको १६ औं स्मृति दिवसको सन्दर्भमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । गुरुङले भने- 'कलावती कम्युनिष्ट विचारको पक्षमा जीवनभर निरन्तर लागि परिरहनु भयो । परम्परागत एवम् रुढिवादी बन्धनमा कलावती शर्मा पौडेल कहिले सिमिति हुन भएन ।'

'परिस्थिति अनुरुप सिद्धान्त र व्यहारलाई उहाँले सहजताका साथ एक साथ अगाडि बढाउनुभयो- पूर्वमन्त्री समेत रहेका गुरुङले भने । 

स्मृति सभामा प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री रेखा शर्माले समेत मन्तव्य राखिन्। उनले भनिन्- 'आमा कलावती शर्माले जीवनमा आएका प्रत्येक संकटलाई आत्मसात गर्दै अघि बढ्नुभयो, हरेक अप्ठेरो परिस्थितिमा पनि परिवारलाई सुरक्षाको घर बनाएको देख्दा आमाप्रति सम्झना र  श्रद्धाभाव गाढा भएर आउँछ ।' शर्माले भनिन्- 'आमाको त्याग र बलिदानबाट हामीलाई प्रेरणा मिलेको छ र निरन्तर संघर्षको बाटोमा लाग्न साहस बढाएको छ बताइन् ।'

 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायणी शर्मा, प्रा. गोपिन्द्र पौडेल र सञ्चारकर्मी सुशिल गौतमले समेत मन्तव्य राखेका थिए । कार्यक्रमका अध्यक्ष नारायण शर्माले सहभागी सम्पूर्णलाई निम्तालाई स्वीकारेर उपस्थित भएकोमा आभार प्रकट गरे । उनले भने- 'मैले कलावती शर्मा पौडेललाई मेरी आमा भने पनि उहाँ त चारै दिदीभाइकी आमा हुनुहुन्छ, अझ धेरै-धेरै छोराछोरीकी आमा हुनुहुन्छ ।'

शर्माले भने- 'मेरी आमाले मप्रति गर्नु भएको माया–ममता, भरविश्वास र सहयोग समर्पण के, कति र कस्तो थियो भन्ने कुरा करिब-करिब आमा बाँच्दा सम्म मैले बुझ्न सकिनँ ।'

स्मृतिमा आमा कलावती पुस्तकको सम्पादक नारायण शर्माले गरेका हुन् भने प्रकाशक बुहारी शान्ता शर्मा हुन् । पुस्तकको विमोचन माओवादी केन्द्रका महासचिव प्रमुख अतिथि देव गुरुङ र विशिष्ठ अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य रेखा शर्माबाट भएको थियो ।

कार्यक्रममा एकिकृत समाजवादीका नेता सिमाविद् तथा जागरण अभियानका अभियान्ता साध्यबहादुर भण्डारी एवम् पत्रकार प्रविण जोशी लगायतको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ