Comments Add Comment

सौगात मल्ल फिल्म ‘जहाजैमा’

काठमाण्डौं। अभिनेता सौगात मल्ल फिल्म ‘जहाजैमा’मा अनुवन्धित भएका छन्। कृषा चौंलागाईंले निर्देशन गर्ने फिल्मको भदौबाट जापानदेखि सुरु हुँदैछ।

फिल्ममा यसअघि कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन्। जापानीज अभिनेत्री रुजेल इचिमियाले पनि काम गर्ने पक्का भइसकेको छ।


फिल्म ‘पिताम्बर’पछि कृषा र सौगातले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी रहनेछ । फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ। 

यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्ने यो फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ