काठमाण्डौं। नेकपा एमालेले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप लगाएको छ। सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न कार्यसूची छ ।
सोही कार्यसूचीलाई मध्यनजर गर्दै एमालेले सांसदहरूलाई ह्विप लगाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। ‘असार १० गते को बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ’, प्रमुख सचेतक बर्तौलाको भनेका छन् ।
